NRN
एक्सपर्टको शाखा अब सिड्नीको ब्ल्याक टाउंनमा पनि

लामो समयदेखी शैक्षिक परामर्शदाताको रूपमा ख्याती कमाएको शैक्षिक परामर्शदाता हो एक्सपर्ट ऐजुकेशन । अष्ट्रेलियादेखी नेपालहुँदै धेरै मूलुकहरूमा यसको संस्था छ ।

यसैबीच एक्सपर्ट एजुकेसनले सिड्नीको ब्ल्याकटाउनमा अर्को शाखा विस्तार गरेको छ । यो एक्सपर्टको ८७ औँ शाखा हो ।

यो शाखाको एक कार्यक्रमबीच एक्सपर्टका ग्लोबल निर्देशक बद्री अर्यालले नयाँ कार्यालयको शुभारम्भ गरे । अर्यालले शिक्षा र आप्रवासन क्षेत्रमा विश्वाशिलो साझेदार बन्ने प्रयासमा सबैको साथ र समर्थन पाएकोमा खुसी व्यक्त गरे ।

शाखाका विजनेस म्यानेजर सरोजप्रकाश शर्मा र अपरेसन्स् म्यानेजर गरिमा वाग्लेले अन्य शाखाहरू जस्तै ब्ल्याक टाउनमा पनि ग्राहकको सद्भाव, समर्थन र मायाको अपेक्षा गरिएको बताए ।

एक्सपर्टले करिब २२ वर्षदेखि शिक्षा परामर्शदाताको रूपमा काम गर्दै आइरहेको छ ।

एक्सपर्टले हाल नेपाल, भारत, भुटान, ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, कोलम्बिया, हङकङ, इन्डोनेसिया, केन्या, कोरिया, मलेसिया, मंगोलिया, म्यानमार, नाइजेरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, श्रीलंका, थाइल्यान्ड र भियतनामलगायत २५ भन्दा बढी देशहरूबाट सेवा दिंदै आइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update