NRN
राप्रपाले बैशाख ७ गते माइतीघरलगायतका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

राजसंस्था पुन:स्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग सहित राप्रपाले यो प्रदर्शन गर्न लागेको हो ।

आज (बिहीबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत राप्रपाले यस्तो निर्णय लिएको हो । वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि निर्णय लिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update