NRN
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य
आज पनि घटेको छ ।

अमेरिकी डलरको मूल्य शुक्रबार एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ भने अस्ट्रेलियन डलरको भाउ एकको खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा तोकिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरोको भाउ घटेर एकको खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा तोकिएको छ। 

यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा निर्धारण भएको छ ।

त्यसैगरी, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा रहेको छ ।

यस्तै, केन्द्रीय बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update