शुक्रबार सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य स्थिर

शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले घटेको हो । बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ ११:२५
प्रतिक्रिया दिनुहोस्