NRN
बिहानदेखि हट्यो वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ बजे बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा कर्फ्यू आदेश जारी गरेको थियो ।

पछि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update