NRN
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले आज (शुक्रबार) नै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् ।

यसअघि राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पनि राजीनामा बुझाएका थिए । सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । 

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भट्टलाई गभर्नर बनाउने सहमति जुटिसकेको छ । गभर्नर महाप्रसाद अधिकारी कार्यकाल पूरा गरेर बिदा भएपछि सत्ता साझेदार प्रमुख दुई दलबीच सहमति नहुँदा गभर्नर नियुक्तमा ढिलाइ भएको थियो ।

अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक शुक्रबार नै बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी भएको छ ।

गभर्नर नियुक्त गर्नुअघि सरकारले अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्त मापदण्ड संशोधन गरेको थियो ।

जसअनुसार गभर्नर लगायत पदाधिकारी तथा सदस्य नियुक्तिको लागि ६५ वर्षको उमेर हद हटाइएको थियो । तर, यसविरूद्धमा सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update