
- राजन घिमिरे
पछिल्लो समय प्रबासबाट पनि आफ्नो सृजना प्रस्तुत गर्न प्रबासी नेपालीहरू लागि परेका छन् ।
यसै क्रममा कलाकारिता तर्फ बिशेष रूची राख्दै आएका यूएईमा रहेका उत्साही यूबाहरूको सक्रिएतामा ‘ दुबईको झिलिमिली ‘नामक टेलि चलचित्रको निर्माण पुरा भएको छ । अब यो टेलिचलचित्र पाक्षिक रूपमा हरेक १५-१५ दिनमा प्रसारण हुने भएको छ ।
दुबईको धिलिमिलीको पहिलो भाग बैशाख ६ गते शनिबार प्रसारण हुने जानकारी यसरी लेखक र निर्देशक निशान थापाले जानकारी दिएका छन -‘ दुबईको झिलिमिली यूएईको समय अनुसार राती ८ बजे प्रसारण हुने छ । हाम्रो यो प्रयासले कत्तिको सफलता पाउंछ होला हामी उत्साही छौं -‘ थापाले भने । यो टेलि चलचित्र एस एन इन्टरटेनमेन्सको यूटुब चानलबाट प्रसारण हुने छ ।
सृजना कार्कीको निर्माण रहेको यो टेलि चलचित्रमा बिजय गुरूंगको छायांकन रहेको छ भने राजन बस्नेतले सम्पादन गरेका छन् ।
यूएईका बिभिन्न स्थानहरूमा छायांकन गरिएको दुबईको झिलिमिलीमा मोहन थापा, राजनजंग बस्नेत, पुष्पाघर्ती मगर, अन्तिम कुंवर, बिजय न्यौपाने, शुशिल केसी र ध्रुव भूजेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
प्रबासमा रहेर पनि काम अनि ब्यस्त जिबनबाट बांचेको समयलाई कलाकारितामा लगाएर यूएईका यूबाहरूले निर्माण गरेको टेलि चलचित्र दुबईको झिलिमिली निर्माणको यतिबेला सर्बत्र प्रशंसा गरिएको छ ।