NRN
मंगलबार सुन प्रतितोला एक लाख ९१ हजार रूपैयाँमा कारोबार

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९१ हजार रूपैयाँमा कारोबार भएको सुन आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार नौ सय रूपैयाँ पुगेको छ । 

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ हजार नौ सय रूपैयाँ बढी हो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३४ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update