NRN
तीनकुने प्रकरण : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ

काठमाडौँको तीनकुनेमा आयोजित पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी भएर राज्य विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ नयाँबस्त घर भएका तेजेन्द्र रायमाझी छन् । प्रहरीका अनुसार उनलाई जोरपाटीबाट पक्राउ गरिएको हो । रायमाझी दुर्गा प्रसाईं निकट भनेर चिनिन्छन् ।

उनी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन् ।

रायमाझीविरुद्ध राज्य विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बताइएको छ । चैत १५ मा तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोमा रायमाझी सहित ७४ जना थुनामा छन् । 

एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेर सहित १० जना भने हाजिर जमानीमा छुटेका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update