-1745318309.jpg)
मंगलबार पनि नेप्से परिसूचक घटेको छ । नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि घटेको छ ।
सोमबार आठ अर्ब ७७ करोडको कारोबार भएकोमा मंगलबार आठ अर्ब ३२ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४५ करोड रूपैयाँ कमी आएको हो ।
आज ३१९ वटा धितोपत्रको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर किनबेच भएको हो । मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ । यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । यस्तै, युनियन हाइड्रोपावरको मूल्य ६.०७ प्रतिशतले घटेको छ ।
मंगलबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन पावर पार्टनर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ ।
यसदिन अन्य समूहमा लगानीकर्ताको आकर्षण बढेको छ । उक्त समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.१८ प्रतिशतले बढेको छ ।