-1745387625.jpg)
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । लगातार नयाँ रकर्ड बनाइरहेको सुनको मूल्य बुधबार भने घटेको हो ।
मंगलबार प्रतितोला एक लाख ९७ हजार नौ सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा झरेको छ ।
मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला सात हजार पाँच सय रूपैयाँ घटेको हो ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।