NRN
निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रको तीन बुँदे असहमति

संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन बुँदे असहमति राखेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले असहमति जनाएका हुन् ।

उनले कुलिङ पिरियड अतिरिक्त सचिव र भेटेरेनरीको तहका विषयमा असहमति राखेका हुन् ।

हाल विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड (एक पदबाट अर्को पदमा बढुवा हुनु अघि आवश्यक विश्राम अवधि) एक वर्षको प्रस्ताव गरिएको छ । तर, पाण्डेले यो अवधि पर्याप्त नभएको भन्दै कम्तीमा दुई वर्षको कुलिङ पिरियड तोक्नुपर्ने धारणा राखे।

यसैगरी सचिव र सहसचिवको संख्या यथावत राखेर अतिरिक्त सचिवको थप पद सिर्जना गर्ने प्रयास भएको भनेर पनि पाण्डेले असहमति राखे ।

पाण्डेले भेटेरेनरीमा ८ औं तह राख्न आवश्यक रहेको उनले बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट आज संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी छ ।

माओवादी केन्द्रका यी असहमति बुँदाहरूलाई कसरी समेटिने भन्ने विषयमा अन्तिम निर्णय समितिको छलफलपछि हुने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update