
बुधबार पनि नेप्से परिसूचक घटेको छ । गत आइतबारदेखि घट्न थालेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो ।
नेप्से ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा बन्द भएको हो । यसदिन कारोबार रकम पनि घटेको छ ।
मंगलबार आठ अर्ब ३२ करोडको कारोबार भएकोमा बुधबार सात अर्ब ५७ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७५ करोड रूपैयाँ कमी आएको हो ।
आज ३०८ वटा धितोपत्रको एक करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर किनबेच भएको हो ।
बुधबार २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ वटाको घटेको छ । यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
बुधबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले घटेको छ भने दोस्रोमा अन्य समूहको परिसूचक १.८३ प्रतिशतले घटेको छ ।