NRN
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

एन्फाका अनुसार फिफा विन्डो अन्तर्गत नेपाल र हङकङबीचको खेल आगामी जुन ५ मा हङकङमा आयोजना हुनेछ । 

नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत जुन १० मा लाओससँग खेल्ने तालिका छ । त्यसअघि हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो ।

जुनमै श्रीलंकामा साफ च्याम्पियनसिप फुटबल पनि हुने तय भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update