आज सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ वृद्धि भएको हो ।
यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ ११:०५
प्रतिक्रिया दिनुहोस्