
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७६ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रूपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ४० पैसा र बिक्रीदर १५६ रूपैयाँ ०८ पैसा कायम गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा निर्धारण भएको छ ।
यसैगरी, राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १७ रूपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८० पैसा रहेको छ ।
यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।