NRN
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने भएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा सांगठनिक गतिविधिबारे छलफल हुनेछ ।

तिनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरूको रिहाइबारे बैठकमा छलफल हुने राप्रपा नेपालले जनाएको छ ।

तिनकुने घटनाबारे निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोप्रति राप्रपा नेपालले असन्तुष्टि जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update