NRN
यो वर्षको साफ पुरुष च्याम्पियनसिप स्थगित

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यो वर्षको साफ पुरुष च्याम्पियनसिप स्थगित गर्ने निर्णय गरेको छ ।

श्रीलंकामा हुने भनिएको यो क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियसिपको १५ औं संस्करण सन् २०२६ सम्मका लागि स्थगित गरिएको साफले जनाएको छ ।

साफले बिहीबार विज्ञप्ति जारी गर्दै यस वर्ष 'होम एन्ड अवे' फर्म्याटमा साफ च्याम्पियनसिप गर्ने तयारी भएपनि स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

सबै सरोकारवाला पक्षलाई पर्याप्त समय मिलोस् भन्ने उद्देश्यले साफ च्याम्पियनसिपलाई सन् २०२६ सम्मका लागि सार्ने निर्णय गरिएको साफले जनाएको छ ।

च्याम्पियनसिपलाई ग्राण्ड बनाउनका लागि सहभागी टिम आयोजक र सबै स्टेक होल्डरलाई पर्याप्त समय हुने साफले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update