-1745318309.jpg)
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा बन्द भएको हो ।
यसदिन कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार सात अर्ब ५७ करोडको कारोबार भएकोमा बिहीबार सात अर्ब ८७ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३० करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३०८ वटा धितोपत्रको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भएको हो । बिहीबार ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ ।
बिहीबार नेपाल हाइड्रो डेभलपर्सको मूल्य सर्वाधिक ६.८८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७८९ रूपैयाँ ९० पैसामा झरेको छ ।
यस्तै, बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत कम्पनी रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको हो ।
यसदिन लगानी समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले बढेको छ भने दोस्रोमा व्यापार समूहको परिसूचक २.१इ प्रतिशतले बढेको छ ।