NRN
शुक्रबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला एक हजार रूपैयाँले घटेको हो । 

बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको थियो । 

यसैगरी, बिहीबार चाँदी प्रतितोला दुई हजार १० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार रूपैयाँमा किनबेच भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update