NRN
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‌लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने तय भए पनि अन्तिम अवस्थामा स्थगित भएको हो ।

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दलका नेता शेरबहादुर देउवासमेत आजको संसद्‌मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो । 

यति बेला प्रचण्ड गोरखा पुगेका छन् भने देउवा थाइल्याण्ड पुगेका छन् । आजै फर्किने भए पनि देउवा सदनमा आइनपुग्ने भएपछि ओलीले आज नबोल्ने भएका हुन् ।

संसद्‌को बजेट अधिवेशन आज १ बजे सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन् ।

बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update