NRN
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको महसुस

सिन्धुपाल्चोकमा आज (शुक्रबार) बिहान भूकम्पको हल्का झड्का महसुस गरिएको छ ।

आज बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

२०७२ साल वैशाख १२ गते (१० वर्षअघि) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो ।

आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update