NRN
सिड्नीमा मे ४ देखी नवाज कप शुरू

- राजन घिमिरे

नेपाल अस्ट्रेलिया वेलफेयर सोसाइटी (नवाज)को आयोजनामा नवाज कप हुने भएको छ । यो फूटबल प्रतियोगिता यही आउँदो मे ४ देखि शुरू हुने जानकारी दिइएको छ । सामाजिक कार्यसँगै खेलक्षेत्रमा पनि आफ्नो सहभागिता जनाउंदै आएको नेपाल अस्ट्रेलिया वेलफेयर सोसाइटी (नवाज) को यो ‘मार्की नवाज कप फुटबल प्रतियोगितामा अस्ट्रेलियाको सिड्नी वरपर रहेका १६ वटा फुटबल टोलीले सहभागिता जनाउने जानकारी दिइएको छ ।

आठ हप्तासम्म चल्ने नवाज कप फुटबल’मा पहिलो हुने टोलीलाई तीन हजार डलर, दोस्रोले १२ सय र तेस्रो हुने टोलीलाई ६ सय डलर नगदसहित पदक तथा प्रमाणपत्र वितरण गरिने आयोजक समितिका संयोजक बैकुण्ठ डंगोलले जानकारी दिए । प्रतियोगतामा उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी रहेको बताउँदै भेट्रानका विजेतालाई समेत आकर्षक नगद पुस्कार रहने डंगोलले बताए ।

नवाजका अध्यक्ष चिरन तिवारीले २६ वर्षदेखि सोसाइटीले विभिन्न सामाजिक तथा खेलकुद कार्यक्रम आयोजना गर्दै आएको बताए । पैसाभन्दा पनि आपसी सद्भाव र भाइचाराका लागि जोड्ने अभियान नवाज कप रहेको अध्यक्ष तिवारीको भनाइ छ । प्रतियोगिताका ‘डाइरेक्टर’ डा. राजु मानन्धरले मुलुक चिनाउने अभियानका रूपमा रहेको खेलकुद र युवा वर्गलाई अनुशासनको ढांचामा बाध्ने फुटबल नेपाली समुदायको लागि अभिन्न अंग बनिसकेको बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update