NRN
आइतबार सुनको मूल्य समान्य बढ्दा घट्यो चाँदी

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । 

अघिल्लो दिन अर्थात् शुक्रबार तुलनामा यसदिन सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भएको थियो । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update