सोमबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-1745818862.jpg)
नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा सुनको मूल्ययसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२ ११:२६
प्रतिक्रिया दिनुहोस्