
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा तोकेको छ भने सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा तोकेको छ ।
केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३३ पैसा निर्धारण भएको छ ।
यसैगरी, राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३८ पैसा रहेको छ।