NRN
मन्त्रिपरिषदको बैठक आज बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ६ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफलका साथै आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकको नियुक्तिबारे निर्णय हुनसक्ने सचिवालयले जनाएको छ ।

शिक्षकहरु नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनले सरकारी विदालयमा भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ ।

उनीहरुले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update