NRN
नेप्से सोमबार १४.५३ अंकले घटेर २६४७ विन्दुमा

सोमबार सेयर बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दुई कारोबारमा बढेको नेप्से सोमबार १४.५३ अंकले घटेर २६४७ विन्दुमा आइपुगेको छ । 

आइतबार उच्चले बढेको कारोबार रकम सोमबार भने घटेको छ । आइतबार १० अर्ब ८७ करोड रूपैयाँको कारोबार भएको बजारमा सोमबार भने आठ अर्ब १९ करोड रूपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन १० अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडको भयो । सोमबार तीन सय २७ स्क्रिप्समध्ये एक सय १९ को मूल्य बढेको छ भने दुई सय २२ वटाको मूल्य घटेको छ । 

नेपाल माइक्रो इन्सुरेन्स, ग्रिन डेभलपमेन्ट बैंक र मानुषि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एकै दिन ९१ देखि एक सय चार रूपैयासम्म मूल्य बढेको छ ।

बैंकिङ ०.६५, विकास बैंक ०.२८, होटल तथा पर्यटन ०.२३, हाइड्रोपावर ०.७५, जीवन बीमा ०.१३, उत्पादन ०.५४, माइक्रोफाइनान्स ०.७६ निर्जीवन बीमा ०.०२ तथा अन्य ०.२१ प्रतिशत घटे ।

दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मध्यभोटेकोशी हाइड्रोपावरको ७.६२, ग्रिन डेभलपमेन्ट बैंकको ६.९७, मानुषी लघुवित्तको ५.७९ प्रतिशत मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशत घट्यो । युनिभर्सल पावरको ४.८०, त्रिशुली जलविद्युतको ४.७९ प्रतिशत घट्यो ।

धेरै रकमको कारोबार भएका कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल प्रमोटर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update