NRN
प्रतिनिधिसभा बैठक  भोलीसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

बैठक मंगलबार बिहान ११ बजे सम्मका लागि स्थगित भएको हो ।

सोमबारको बैठकमा आकस्मिक, शून्य समयमा नेताहरूले धारणा राखे । त्यस्तै, बैठकमा आज ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गरिएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे ।

उनको त्यो प्रस्तावमा सैद्धान्तिक छलफल भयो । छलफलमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री पाण्डेले जवाफ दिएपछि स्वीकृत भएको छ । त्यसपछि त्यो विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव मागिएको छ ।

कार्यसूचीको चौँथो नम्बरमा रहेका दुई विषय हटाएर सभामुख घिमिरेले बैठक भोलीसम्मका लागि स्थगित गरे ।

चौथो कार्यसूचीमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update