नेकपा माओवादी केन्द्रका सांसद शाहीले मागे प्रधानमन्त्री ओलीको राजीनामा

नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद शाहीले नैतिक हिसाबले प्रधानमन्त्री ओलीले सरकारमा बसिरहने हैसियत गुमाइसकेको बताउदै राजीनामा मागेका हुन् ।
सांसद शाहीले देशमा शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडितहरू सडक आन्दोलनमा रहँदा पनि सरकार रमिते बनिरहेको टिप्पणी गरे ।
सांसद शाहीले सरकारले आफ्ना असक्षमताहरू लुकाउन प्रतिपक्षी दलहरूमाथि दोष थोपार्ने काम गरिरहेको पनि बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ १२:५२
प्रतिक्रिया दिनुहोस्