NRN
नेप्से १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा बन्द

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा बन्द भएको हो ।यसदिन कारोबार रकम पनि घटेको छ । 

सोमबार आठ अर्ब १९ करोडको कारोबार भएकोमा मंगलबार सात अर्ब ५७ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६२ करोड रूपैयाँ कमी आएको हो ।

आज ३११ वटा धितोपत्रको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटाको घटेको छ । 

यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ । यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

मंगलबार मध्य भोटेकोशी जलविद्युतको मूल्य सर्वाधिक ९.८८ प्रतिशतले घटेको छ । यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ७.७६ प्रतिशतले घटेको छ । 

मंगलबार सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।  

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update