नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर
_large1688966799.jpg)
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ र तेजावी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेकाे छ । आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।
आइतबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० ११:०३
प्रतिक्रिया दिनुहोस्