मंगलबार पनि सुन-चाँदीको मूल्य स्थिर
ज्ञज्ञज्ञ1688707705.jpg)
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ। साताको पहिलो कारोबार दिन अर्थात् आइतबारदेखि नै नेपाली बजारमा सुन-चाँदीको मूल्य यथावत रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार र साेमबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएकाे सुन आज पनि साेहि मूल्यमा कारोबार भइरहेको छ।
त्यसैगरी,मंगलबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० ११:१८
प्रतिक्रिया दिनुहोस्