बुधबार दुवै सदनको संयुक्त बैठक
बुधबार, जेठ १०, २०८०

प्रधानमन्त्री राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिनु हुंदै
मंगलबार, जेठ ९, २०८०
एमालेले आफ्नो पालना स्थापना भएका र कार्यान्वयन गरिएका काम र योजनालाई सरकारले लत्याएको आरोप नेकपा एमालेले लगाएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संसदमा उठाएका बिभिन्न प्रश्नहरूको पनि प्रधानमन्त्री पुष्पकमल दाहालले जबाफ दिनु हुने भएको छ ।

आज पनि सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल
सोमबार, जेठ ८, २०८०
आजै राष्ट्रिय सभा बैठक पनि बस्ने भएको छ । त्यो बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि नै छलफल हुने भएको छ ।

नक्कली भुटानी प्रकरण, प्रहरी अदालतमा मुद्दा दर्ता गर्दै
आइतबार, जेठ ७, २०८०
यस प्रकरणमा नेपाल प्रहरील् सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालाई पक्राउ गरेको छ ।

आइतबार संसदमा एमाले अध्यक्ष ओलीको सम्बोधन
आइतबार, जेठ ७, २०८०
एमालेले आफू प्रतिपक्ष मात्र नभएर मूलुकलाई सही बाटो देखाउंने मार्ग दर्शक पनि भएको दाबी गरेको छ । त्यस कारण सरकारको निती तथा कार्यक्रममा केही नयां नभएको र यसले झारा मात्र टारेको बताएको छ । सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रमको गहिरो रूपमा अध्ययन गरेर् आइतबार ओलीले गर्न लाग्नु भएको टिप्पणीलाई...

अब अगाडि बढ्ने भयो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम
शनिबार, जेठ ६, २०८०
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माण सम्पन्न भएका विमानस्थललाई क्षमतामा उपयोगमा ल्याउने जानकारी पनि दिनु भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
शुक्रबार, जेठ ५, २०८०
प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ।

दोषी प्रमाणित भएमा प्रधानमन्त्री जेल जान तयार
बिहीबार, जेठ ४, २०८०
प्रधानमन्त्री प्रचण्डले माओबादी लडाकु शिबिरको बारेमा उजुरी परेमा आफू खुल्ला रूपमा छानबिनका लागि तयार रहेको जानकारी पनि दिए ।

प्रतिनिधि सभामा आज सांसंदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने
बिहीबार, जेठ ४, २०८०
सरकारलाई समर्थन दिएका र नदिएको पार्टीहरूका सांसदहरू प्रधानमन्त्री प्रचण्डसँग डटेर प्रश्न सोध्न तयारीमा रहेका छन । बताइए अनुसार सांसदहरूको प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी, भारत भ्रमण, नागरिकता र रेशम चौधरीको रिहाई लगाएतका बारेमा प्रश्नहरू सोध्ने भएका छन ।

राप्रपाको बैठक सकिंदै , माओबादी नेतृत्वको सरकारमा जानु गलत
बुधबार, जेठ ३, २०८०
बैठकमा पार्टी महासचिव धवल शमशेर राणाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष नीकलण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए। बैठकमा पार्टीका अधिकांश सद्दस्यहरूले माओबादी नेतृत्वमा सरकारमा जानुलाई गलत भएको धारणा राखेको जानकारी दिइएको छ ।

राप्रपाको बैठक बुधबारसम्म चल्ने
मंगलबार, जेठ २, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक शुरू भएको छ । बैठक बुधबारसम्म चल्ने जानकारी दिइएको छ ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले छलफल गर्ने बताइएको छ ।

रायमाझी सरकारी वकिलको कार्यालय
सोमबार, जेठ १, २०८०
सोमबार अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ ।