NRN
तीन हुण्डी कारोबारी पक्राउ
तीन हुण्डी कारोबारी पक्राउ हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ स्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रकम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
आज रातीवाट उपनिर्वाचनको मौन अबधि सुरु, प्रचार प्रसार गर्न नपाइने
आज रातीवाट उपनिर्वाचनको मौन अबधि सुरु, प्रचार प्रसार गर्न नपाइने आज रातीवाट उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ । बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो । 
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोेभिड सम्र्पक व्यक्ति हेमराज जोशीले सीमानाकामा...
सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु
सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् । 
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिँदै
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिँदै राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरमा नयाँ दिल्ली लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो...
वालेन शाहबिरुद्ध परेको रिटको सुनवाई आज
वालेन शाहबिरुद्ध परेको रिटको सुनवाई आज काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो ।
जीप दुर्घटनामा चालकको मृत्यु, सात घाइते
जीप दुर्घटनामा चालकको मृत्यु, सात घाइते पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सात  यात्रु घाइते भएका छन् । 
कैलालीमा कोरोना संक्रमितको मृत्यु
कैलालीमा कोरोना संक्रमितको मृत्यु कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । धनगढी स्थित सेती  प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध  महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ । 
बैतडीको दोगडाकेदारमा  युवकको हत्या
बैतडीको दोगडाकेदारमा  युवकको हत्या बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
तस्बिर र सम्बन्धलाई यसरी सोचौं न है….? 
तस्बिर र सम्बन्धलाई यसरी सोचौं न है….?  भन्ने गरिन्छ, तस्बिर आफैं बोल्छ…।यो तस्बिर पनि बोलेको छ । हजारौं शब्दहरू यही तस्बिरले खुलस्त पारेको  छ । यो तस्बिर बाहिरिएसंगै कलाकारिता नगरिमा अनेकन चर्चा ,परिचर्चा र अड्कल बाज्जीहरु जन्मिए । सामाजिक वाक स्वतन्त्रताको नाममा पराकाष्ठा नै नाघ्ने गरि आफ्ना धारणाहरू बजारमा ब्यक्त गर्न पाएका नेपालीहरू यो तस्बिरको पक्ष र...
वर्षमान पुनकी आमामाथि गोली प्रहार
वर्षमान पुनकी आमामाथि गोली प्रहार माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको...
Weather Update