कस्तो छ कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?
शुक्रबार, चैत २४, २०७९

आज माैसम सफा रहने
शुक्रबार, चैत २४, २०७९
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ ।

पोखरीमा डुबेर किशोरको मृत्यु
शुक्रबार, चैत २४, २०७९
सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन रहेका छन्। उनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी
बिहीबार, चैत २३, २०७९
जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । वैवाहिक जबरजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो ।

भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा
बुधबार, चैत २२, २०७९
पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो।

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि
मंगलबार, चैत २१, २०७९
नेपालमा काेराेनाभाइरसकाे ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

बृद्धको हत्या आरोपमा रामेछापमा ४ जना पक्राउ
मंगलबार, चैत २१, २०७९
एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो ।

प्रधानमन्त्रीले गरे राष्ट्रपतिको स्वास्थ्यलाभको कामना
आइतबार, चैत १९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

काेराेना संक्रमण बढदै, एकै दिन ३४ जना संक्रमित
बिहीबार, चैत १६, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको दर्शन
बिहीबार, चैत १६, २०७९
राष्ट्रपति रामचन्द्र पौडेलले असनमा हिजाे राति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका हुन् ।

नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ
बुधबार, चैत १५, २०७९
नाबालिक बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका भारतीय नागरिकले गत चैत्र १० गते ७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
बुधबार, चैत १५, २०७९
नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते
मंगलबार, चैत १४, २०७९
ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।