प्रतिनिधिसभाको बैठक बस्दै, सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने
आइतबार, चैत ५, २०७९

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
शुक्रबार, चैत ३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्। शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै
शुक्रबार, चैत ३, २०७९
नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै छ ।

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)
शुक्रबार, चैत ३, २०७९
सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ ।

आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना
शुक्रबार, चैत ३, २०७९
हाल देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।

बालिका अपहरणकारीलाई ३ वर्ष ९ महिनाकाे कैद सजाय
बुधबार, चैत १, २०७९
जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई अपहरण गरेको एक अपहरणकारीलाई ३ वर्ष ९ महिना कैद सजाय फैसला गरेको छ । जिल्ला अदालत पर्वतले मोदी गाउँपालिका–६ तिलाहार का ३४ वर्षीय होमबहादुर बस्नेतलाई ३ बर्ष ९ महिना कैद सजायको फैसाला सुनाएको हो । उनले गत जेठमा राधा पौडेलकी छोरी अपहरण गरेका थिए ।

बलात्कार गरेकाे कसुरमा एक युवकलाई सात वर्ष कैद
बुधबार, चैत १, २०७९
सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई मंगलबार सात वर्ष कैद सजाय भएको छ।

आईतवार रातिवाट सकियो राष्ट्रपति भण्डारीको नाै बर्षे कार्यकाल
सोमबार, फागुन २९, २०७९
राष्ट्रपति बिद्यादेवी भण्डारीको नाै बर्षे लामो कार्यकाल आइतवार रातीवाट सकिएको छ । कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन ।

विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण सार्वजनिक
सोमबार, फागुन २९, २०७९
टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको भएको छ । टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो । डा. विमलकुमार सुवेदीले नेपाली भाषामा अनुवाद गरेको उपन्यासको नाम ‘सम्यक मन’ राखिएको छ । यसको प्रकाशन वी रिडले गरेको हो ।

सिन्धुली बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते
आइतबार, फागुन २८, २०७९
मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।

खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प
आइतबार, फागुन २८, २०७९
प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो...

मेघ गर्जनसहित वर्षाको सम्भावना
शनिबार, फागुन २७, २०७९
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।