अश्लील भिडियो बनाएर महिलाकाे चरित्रहत्या गर्ने एकजना पक्राउ
सोमबार, माघ १६, २०७९

प्रादेशिक अस्पताल कलैयामा एक्टोपिक गर्भावस्थाको एक्सप्लोरेटरी लेप्रोटोमी अपरेशन
सोमबार, माघ १६, २०७९
बाराकोमा पहिलो पटक एक्सप्लोरेटरी लैप्रोटोमी अपरेशन सफल भएको छ । प्रादेशिक अस्पताल कलैयाद्धारा पहिलो पटक एक्टोपिक गर्भावस्थाको एक्सप्लोरेटरी लैप्रोटोमी अपरेशन गर्न सफल भएको हो ।

शहीद दिवस मनाइँदै
सोमबार, माघ १६, २०७९
आज माघ १६ गते शहीद दिवस मनाइँदैछ ।सार्वभौमिकताको रक्षा तथा जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न कालखण्ड स्थापना तथा विभिन्न समयमा स्वतन्त्रताका लागि जीवन आहुती दिने शहीदप्रतिको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर यो दिवस मनाइँदैछ ।

राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर
आइतबार, माघ १५, २०७९
राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतको पूर्ण इजलासले आज उनलाई दोषी ठहर गरेको हो ।

महानगरविरुद्ध काठमाडौंमा प्रदर्शन
आइतबार, माघ १५, २०७९
काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । काठमाडौंवासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

रविले लिए नेपाली नागरिकता
आइतबार, माघ १५, २०७९
निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेका छन् । लामिछाने आज नागरिकता पुन: प्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए ।

बेपत्ता बालिका मृत फेला
आइतबार, माघ १५, २०७९
महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन् ।

गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री
आइतबार, माघ १५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने बताएका छन् ।

नागरिकता प्रमाणपत्र लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालयमा
आइतबार, माघ १५, २०७९
रवि लामिछाने नेपाली नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । अमेरिकाको नागरिकता त्यागेपछि पुन नेपाली नागरिकता नलिएको भन्दै सांसद तथा गृहमन्त्रीको पद गुमेसँगै उनी आइतबार पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।

धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते
आइतबार, माघ १५, २०७९
शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा३० जना घाइते भएका छन् । ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

धनकुटा महोत्सबको भिडमा च्यापिएर ३ जना गम्भिर, दर्जन बढि घाइते
शनिबार, माघ १४, २०७९
धनकुटा महोत्सबमा आयोजकले टिकट नकाटी दर्शकहरुलाई कार्यक्रम स्थलभित्र छिर्न नदिदा भएको झडप पछि भागदौडमा दर्जन बढि घाइते भएका छन् । घाइते भएका मध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

विविध कार्यक्रम सहित मनाइयो भारतको ७४ औं गणतन्त्र दिवस
शनिबार, माघ १४, २०७९
नेपालस्थित भारतीय दूतावासले भारतको ७४ औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । लैनचोरस्थित दूतावासमा विहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै राष्ट्रपति द्रौपदी मुुर्मुले राष्ट्रका नाममा गरेको सम्वोधन वाचन गरेका थिए ।

रवि लामिछाने भन्छन्, अदालतको फैसलाको स्वागत गर्छु
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिएका छन् ।