देवघाटमा भक्तजन आउनेक्रम जारी
आइतबार, माघ १, २०७९

निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई भेटे गृहमन्त्री रवि लामिछानेले
शनिबार, पुस ३०, २०७९
पालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् ।

लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
शनिबार, पुस ३०, २०७९
पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो...

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ
शनिबार, पुस ३०, २०७९
डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो ।

प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै ओझाले हाले सर्वोच्चमा रिट
शुक्रबार, पुस २९, २०७९
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र आजीवन सदस्यलाई तलब–भत्ता खारेजीको माग गर्दै पत्रकार घनेन्द्र ओझाले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।

थारु समुदायको उत्थानका लागि लाग्नेछु : गृहमन्त्री लामिछाने
बिहीबार, पुस २८, २०७९
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उनले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताए

‘निर्मलाले न्याय पाउने आशा जाग्यो’
बिहीबार, पुस २८, २०७९
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी दुर्गा सिंह नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

१७ डीआईजीको काज सरुवा (को कहाँ)
बिहीबार, पुस २८, २०७९
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को काज सरुवा गरेको छ । कार्यालयले बिहीबार अर्काे आदेश नभएसम्मका लागि भन्दै उनीहरुलाई काज सरुवा गरेको हो ।

निर्देशक झाको निधन
आइतबार, पुस २४, २०७९
सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता नेपाली चलचित्रका निर्देशक अरुण कुमार झाको निधन भएको छ । हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा ७२ बर्षको उमेरमा उनको निधन भएको झाका मित्र बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए ।