ताप्लेजुङमा हिमपात
बुधबार, वैशाख २०, २०८०

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
बुधबार, वैशाख २०, २०८०
नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

गाँजासहित वडाध्यक्ष पक्राउ
मंगलबार, वैशाख १९, २०८०
अवैध लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिका–७ का वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले मकवानपुरको थाहा नगरपालिकाबाट २ सय २ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग ठप्प
मंगलबार, वैशाख १९, २०८०
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ ।

मेघ गर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना
सोमबार, वैशाख १८, २०८०
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रबि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ
शुक्रबार, वैशाख १५, २०८०
गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदकाे आज सपथ हुदैँछ । प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सासदहरुकाे आज सपथग्रहण हुन लागेको हो ।

सुनसरीबाट एकै दिन २२ जना फरार प्रतिवादी पक्राउ
बिहीबार, वैशाख १४, २०८०
सुनसरी प्रहरीले बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु
बिहीबार, वैशाख १४, २०८०
गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक
बुधबार, वैशाख १३, २०८०
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् ।

संसदीय समितिको भागबन्डा टुंगियो, एमालेलाई लेखासहित तीनवटा समिति
मंगलबार, वैशाख १२, २०८०
नेकपा एमालेले संघीय संसदको तीनवटा समिति पाउने भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठुला दलका शिर्ष नेताको बैठकले एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो ।

बारा–२ उपनिर्वाचन : एकघण्टामा पाँच प्रतिशत मत खस्यो
आइतबार, वैशाख १०, २०८०
बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य...

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
शनिबार, वैशाख ९, २०८०
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।